गान्तोक: राज्यमा आज कोरोनाको ३ वटा नयाँ मामिला अघि अएको र १ जना निको भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। राज्यमा आज यो रोगले कसैको मृत्यु भएन।
स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल २४९ जनाले कोरोना जाँच गरेको मा, ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितहरू मध्ये पूर्व जिल्लाबाट २ जना र दक्षिण जिल्लाबाट १ जना रहेका छन्। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा १२ जना कोरोना रोगीहरू उपचारधीन रहेका छन्। आज कोरोना सकारात्मकता दर १.२ प्रतिशत दर्ता भएको छ।
अहिलेसम्म राज्यमा ३७,९७६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१९२जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ।