लाल कोठीमा राम्रो मान्छे पठाउँन हामी चूनावमा ओर्लिएका हौ: अजय

IMG-20220619-WA0144.jpg

दार्जीलिङ: घूम गडडी खानमा अजय एडवार्डसलाई भब्य स्वागत। घूम जोरबंगला समष्टिको पार्टी उम्मेद्वार प्रमोस्कर ब्लोनको पक्षमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस आज घूम गडडी खान पूगेको थियो। स्थानीय बासिन्दाहरूले अध्यक्ष अजय एडवार्डसलाई भब्य स्वागत जनाए।आफुलाई यति धेर माया दिएर भब्य स्वागत गरेकोमा अध्यक्ष अजय एडवार्डस खुशीले रमाउँदै तिनले अघि भने तपाईहरूको लागि मैले त्यस्तो कुनै ठूलो काम गरेको छुइन तर पनि तपाईहरूले मलाई यति धेर माया दिनू भयो अनि मलाई भब्य स्वागत जनाउँनु भयो,यसको लागि आभारी छु तिनले भने। आगमी २६ जूनको दिन जीटीए सभा चूनावको मतदान हुने भएको छ।धेरैले जीटीए गोर्खाल्याण्डको बाधा हो पनि भन्दैछ,जीटीएले गोर्खाहरूको जातिय सुरक्षा बोक्न सक्दैन यो पक्का हो अनि हामीले पनि जीटीएले गोर्खाहरूको जातिया सुरक्षा बोक्न सक्दैन भन्ने कुरा बताउदै आइरहेका छौ। जीटीए विकाश गर्ने एउटा ऐजेन्सी मात्र हो। आजसम्म हामीले लाल कोठीमा राम्रो मान्छे पठाउन नसक्दा नै पहाडको यस्तो दुर्दशा भएको हो अध्यक्ष एडवार्डसले भने।तिनले अधि भने जीटीए गोर्खाल्याण्डको बाधा हुन सक्दैन लददखमा लददख काउसिल हुँदा हुँदै केन्द्र शासित प्रदेश गठन भएको छ अनि अहिले त्यहा लददख अटोनोमस काउसिल पनि चल्दैछ अनि केन्द्र शासित प्रदेश पनि चल्दैछ। जीटीए चूनावमा हाम्रो पार्टीले अंश ग्रहण गर्नुको मुख्यकारण लाल कोठीमा राम्रो मान्छेहरूलाई पठाउ भन्ने सोच मात्र हो।लाल कोठीमा हामीले राम्रो मान्छे पठाउँन सक्यौ भने पहाडको विकाश हुनेछ,शिक्षा प्रणाली आदि जस्ता विषयहरूको उन्नति हुनेछ अध्यक्ष एडवार्डसले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement