काठमाण्डौंः नेपालमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छ। आज शुक्रवार बसेको आरएसपी बैठकले समर्थन फिर्ता लिने निर्णय लिएको हो। बैठकपछि आरएसपी अध्यक्ष रवि लामिछानेले सरकारमा पनि नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको जानकारी दिए। संसदमा सशक्त प्रतिपक्षीको भूमिका निभाउने समेत बताए।
आरएसपीले समर्थन फिर्ता लिएपनि प्रचण्ड सरकारसँग अझै बहुमत छ। तर, सरकार पहिलेभन्दा कमजोर अवस्थामा पुगेको छ। आरएसपी संसदमा २१ सिट सहित चौथो ठूलो दलको रुपमा छ।