गुवाहाटी: रेलवे पुलिसले गुवाहाटी रेलवे स्टेशनमा एक रेलबाट ९९६ ग्राम ओजनको तीन वटा सुनको बिस्किट जफत गरेको छ।यस घटनामा एक व्यक्तिलाई पक्राउ गरिएको छ। राजधानी एक्सप्रेसमा मोरियानीबाट दिल्ली जानका लागि रेवती रमण सोनी नाम गरेको व्यक्ति सुन लिएर सवार भएको थियो। गुवाहाटी रेलवे स्टेशनमा रेलवे पुलिसले चेकिङको समय रेवतीबाट ९९६ ग्राम ओजनको तीन वटा सुनको बिस्किट उद्धार गयो। पुलिस अनुसार, रेवतीले यस सुनबारे सन्तोषजनक जानकारी दिन नसक्दा उसको सुन जफत गरियो जफत गरिएको सुनको दर लगभग ६० लाख रूपियाँ मापिएको छ। रेलवे पुलिसले अहिले पक्रा परेको रेवती रमण सोनीसित सोधपुछ गरिरहेछ। रेलवे पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरेको छ।