सिलगढी शहरमा निकाल्यो बुद्ध जयन्तीको अवसरमा धार्मिक शोभायात्रा

Screenshot_20230505_220333_Facebook.jpg

सिलगढी: आज सिलगढीमा पनि धूमधामसित बुद्ध पूर्णिमा मनाइयो। आज सिलगढीको १० नम्बर वार्डको बौद्ध गुम्बा कमिटीको तर्फबाट एउटा रंगारंग धार्मिक शोभायात्रा निकालिइयो। यस शोभायात्रामा १३ नम्बर वार्ड पार्षद तथा नगर निगमका मेयर परिषद माणिक दे लगायत बौद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो।

भगवान बुद्धको मूर्ती अनि धर्म पुस्तकहरू बोकेर विविध झाँकीको साथमा निकालिएको उक्त धार्मिक शोभायात्रा महाकालपल्ली बौद्ध गुम्बाबाट शुरू भएपछि सिलगढी शहरको विभिन्न मार्गहरूको परिक्रमा गयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement