तीनधारे महानदी समष्टिको निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालको चुनाव प्रचार जारी

IMG-20220619-WA0137.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका सुरेशचन्द्र दर्नालले आफ्नो चुनाव प्रचार लगातार रुपमा गरिरहेका छन्। उनले आज पनि तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा गएर चुनाव प्रचार गरिरहेका छन्। यसै क्रममा आज उनले घैयाबारी र सिलिम हिल क्षेत्रमा चुनाव प्रचार गरेका छन्। निर्दलीय प्रार्थी दर्नालले सिलिम हिल क्षेत्र अन्तर्गत हाट बजारमा पुगेर जनसाधारणलाई भेटेर समस्याहरू बुझ्दै चुनाव प्रचार गरेका छन्। उनले घर घरमा पुगेर जनतालाई भोट दिएर बिजय बनाउने आह्वान् गरेका छन्। पानी झरीमा पनि चुनाव प्रचारलाई अघि बढ़ाएका थिए। आफ्नो चुनाव प्रचारको समय जनतालाई भेट्ने कार्य गरेपछि आफ्नो जीतप्रति आशावादी रहेको निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement