नेपालमा हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

Untitled-1-copy-45

काठमाडौंः नेपालमा शुक्रवार भएको हेलिकप्टर दुर्घटनामा घाइते पाँचमध्ये एकजनाको मृत्यु भएको छ। हेलिकप्टरमा सहयोगीका रुपमा रहेका भविन गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले एकजनाको मृत्यु भएको र घाइते चारजनालाई उपचारका लागि काठमाडौं लगिएको जानकारी दिए।

माथिल्लो अरुण जलविद्युत आयोजनाको पावरको सामान लाँदै गर्दा हेलिकप्टर दुर्घटना भएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले हिन्दूस्थान समाचारलाई बताए। हेलिकप्टर जङ्गलको बीचमा खसेको अवस्थामा भेटिएको थियो। हेलिकप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलमा पुगी सेना र प्रहरीको टोलीले उद्धार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement