गान्तोकः देशमा सम्पन्न भइरहेको आईपीएल किक्रेट म्याचलाई बढावा दिने उद्देश्यले टाटा आईपीएलले देशका विभिन्न स्थानमा क्रिकेट खेल प्रेमीहरूको निम्ति फ्यान पार्क बनाउॅंदै आएको छ।यो फ्यान पार्क देशको ४५ वटा शहरमा रहेको र क्रिकेट प्रेमीहरूले यसको लाभ उठाइरहेको सिक्किम क्रिकेट एसोसिएशनका महासचिव रिञ्जिङ नामग्याल भोटियाले बताएका छन्।
उनले जानकारी गराए अनुसार, सिक्किममा क्रिकेटका फ्यानहरू धेरै रहेको कुरालाई मध्यनजर राख्दै ६-७ मईको दिन ताथाङचेनको गार्ड्स ग्राउण्डमा फ्यान पार्क बनाउने भएको छ। उक्त ठाउँमा गएर क्रिकेट प्रेमीहरूले ठूलो पर्दामा खेल हेर्न पाउनेछन्। यसका साथै त्यहाँ जर्सी पनि वितरण गरिने छ।
सोही प्रकारले लटरी ड्र गरिनेछ, जित्नेले खेलाडीहरूले हस्ताक्षर गरेको जर्सी प्राप्त गर्न सकिने उनले थप जानकारी गराएका छन्। उक्त स्थानमा गएर म्याच हेर्दा प्रत्यक्ष खेल मैदानमा नै हेरेको जस्तो क्रिकेट प्रेमीहरूले अनुभव गर्न सक्नेछन्। यस अवसरमा बीसीसीआईका सह-प्रबन्धक र सिक्किम क्रिकेट एसोसिएसनका उपाध्यक्षको पनि उपस्थिति रहेको थियो।