इण्डिपेण्डेन्स डे फूटबलः डीबीएवाईसी र डीपीएससी इण्टेक विजयी

IMG_20220619_191948.jpg

१९ जूनः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको पहिलो म्याचमा डीबीएवाईसी, धजे बस्तीले सोनादा हाई स्कूललाई ७-०-ले पिट्यो। विजेता टीमबाट चिराग तामाङले ह्याट्रिकसहित ४ गोल गरे। यसबाहेक राहुल शंकर, नितेश थापा र मिकचेन लेप्चाले १-१ गोल गरे। यसरी नै दोस्रो म्याचमा डीपीएससी इण्टेकले सांगमा शिरुबारीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मिलन राईले २ अनि राजीव बस्नेतले १ गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement