कोलकता: मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहलाई मणिपुरमा शान्ति स्थापना गर्न अपील गरे। ममता ब्यानर्जीले ट्वीट गरेकी छन्, ‘म मणिपुरको अवस्थालाई लिएर निकै चिन्तित छु । यो राजनीति गर्ने बेला होइन । राजनीति र चुनाव पर्खन सक्छ, तर पहिले हाम्रो सुन्दर राज्य मणिपुरलाई बचाउनु पर्छ। यस्तो अवस्थामा म प्रधानमन्त्री र गृहमन्त्रीलाई पहिले मणिपुरको रक्षा गर्न र त्यहाँ शान्ति स्थापना गर्न अपील गर्दछु। म मणिपुरका दाजुभाइ तथा दिदी बहिनीहरूलाई शान्त रहन, शान्ति र एकता कायम राख्न अपील गर्दछु। यदि हामीले मानवतालाई जलायौं भने भोलि मानवता पूर्ण रूपमा लोप हुनेछ।