राजौरी भिड़न्तमा सेनाका दुई जवान शहीद, एक अधिकारी सहित चार घाइते

Untitled-1-copy-44

राजौरीः राजौरी जिल्ला अधिनस्थ केसरी क्षेत्रको जंगल क्षेत्र कंडीमा शुक्रवार बिहानदेखि जारी भिड़न्तमा सेनाका दुई जवान शहीद भएका छन् भने एक अधिकारी सहित चार सैनिक घाइते भएका छन्। घाइतेहरूलाई उधमपुरको कमाण्ड अस्पताल लगिएको छ। भिड़न्तमा आतंकवादीहरूलाई पनि नोक्सान भएको प्रबल सम्भावना छ। अपरेशन अहिले पनि भइरहेको छ।

सेना प्रवक्ताले एक बयानमा भने, जम्मू क्षेत्रमा भाटा धुड़ियांको तोता गली क्षेत्रमा सेनाको ट्रकमा घात लगाएर हमला गर्नेहरूमा सामेल आतंकवादीहरूलाई मार्नको लागि सेनाका टुकडीहरूले गोप्य जानकारीको आधारमा लगातार अभियान सञ्चालन गरिरहेका छन्। यसै क्रममा राजौरी सेक्टरको कंडी जंगलमा आतंकवादीहरू रहेको सूचनाको आधारमा बुधवार एक संयुक्त अभियान शुरू गरिएको थियो। सेनाको खोजी दलले शुक्रवार बिहान ७:३० बजे एउटा गुफाभित्र पसेर आतंकवादीहरूको एउटा समूहसित सम्पर्क स्थापित गऱ्यो। यो क्षेत्र बड़े-बड़े चट्टान एवं घना जंगलहरूले घेरिएको छ। सेना अनुसार यसै अवधि भिड़न्त शुरू भयो। आतंकवादीहरूले जवाफी कारबाहीमा विस्फोटक उपकरण फ्याँके जुन विस्फोट भएर एक अधिकारी सहित सेनाका चार जवान घाइते भए साथै दुई जवान शहीद भए।

मोबाइल इन्टरनेट सेवा बन्द

राजौरी जिल्लामा केसरीको कंडी वन क्षेत्रमा आतंकवादी एवं सुरक्षा बलहरूमाझ जारी भीषण भिड़न्तलाई ध्यानमा राखेर अधिकारीहरूले शुक्रवार राजौरीमा मोबाइल इन्टरनेट सेवा बन्द गरिदिएका छन्। सतर्कताको रूपमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको आधिकारिक सूत्रले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement