दार्जीलिङ: तीन बर्ष नाघी सक्दा पनि टेट परिक्षाको परिणाम सर्वजनिक नहुनु भनेको जीटीए चीफ अनित थापाले पहाडको शिक्षित युवा भाइ वहिनीहरूको भविष्यसंग खेलवाड गरेको हो भन्ने पुष्टी हुन्छ भन्ने विचार गोविन राईले पोखेको हो।हाम्रो पार्टी सुकिया मानेभन्ज्याङ समष्टिले आज सुकियाको विभिन्न क्षेत्रहरू मा पोस्टर टाँस्ने काम गरेको छ। टाँसिएको पोस्टरहरूमा विधार्थीकोबाट उठाएको पैसा फर्काउनु पर्छ … अनित थापा जवाफ देउ …। भोटको राजनीति गर्नेले विधार्थीको भविष्य निर्माण गर्न सक्दैन,अब जनता होसियार …..। आदि जस्ता लेखिएको पोस्टरहरू टाँसेका छन।सुकिया मानेभन्ज्याङ समष्टि सचिव गोविन राईले बंगाल विधानसभाको चूनाव अधि जीटीएले टेट परिक्षा गराएको थियो तर आज तीन बर्ष नाघी सक्दा जीटीए चीफ अनित थापाले टेट परिक्षाको परिणाम सर्वजनिक गर्न नसक्नु भनेको उनले पहाडको शिक्षित युवा भाइ वहिनीहरूको भविष्यसंग खेलवाड गरेको हो भन्ने पुष्टी हुन्छ तिनले भने।

जीटीए चीफ अनित थापाको यस्तो कार्य लाई हामी सुकिया मानेभन्ज्याङ समष्टिको पक्षबाट घोर विरोध जनाउँछौ राईले भने। तिनले अधि भने जीटीएको यस्तो कार्य नीतिको हामी कठोर शब्दमा विरोध जनाउँदै आज हामीले सुकिया मानेभन्ज्याङ समष्टिको विभिन्न क्षेत्रहरूमा ब्यापक मात्रमा पोस्टरहरू टाँस्ने काम गरेका छौ।जीटीएको सत्ता चैकीमा बस्नेहरूले पहाडको शिक्षित भाइ वहिनीहरूको भविष्यसंग खेलवाड गर्ने काम गर्दैछ। यस्ता ब्यक्तिहरूलाई हामी विश्वास गर्न सक्दैनौ, हाम्रो युवा भाइ वहिनीहरूलाई केवल भोटको निम्ति मात्र प्रयोग गर्नेहरूको विरोधमा हामी खडा हुन पर्छ राईले भने।