सिटिजन एक्सन पार्टीले शुरु गऱ्यो पार्टी मुख्यालय, डीबी चौहान पार्टीमा सामेल

Untitled-1-copy-43

गान्तोकः भारतीय जनता पार्टी (भाजपा) सिक्किमका पूर्व अध्यक्ष डीबी चौहान सिटिजन एक्सन पार्टीमा सामेल भएका छन्। सिटिजन एक्सन पार्टीले आज रेसिथाङ नजिक लोअर लुम्सेमा पार्टी मुख्यालय उद्घाटन गरेको थियो। यसै अवसरमा आयोजित कार्यक्रम अवधि भाजपाका पूर्व अध्यक्ष डीबी चौहान सिटिजन एक्सन पार्टीमा सामेल भएका हुन्।यसरी नै मल्ली निर्वाचन क्षेत्रको लुङ्चोक कमेरे ग्राम पञ्चायतका सदस्य आरपी गुरुङ सत्तारुढ एसकेएम पार्टी त्यागेर सिटिजन एक्सन पार्टीमा सामेल भए। आजको कार्यक्रम अवधि लगभग ५०० जना पार्टीमा सामेल भएको दाबी गरिएको छ जसमा पूर्व सिक्किमको छुजाचेन निर्वाचन क्षेत्र र उत्तर सिक्किमको जङ्गु निर्वाचन क्षेत्रका मानिसहरूको संख्या अधिक रहेको छ। सामेल हुने सबैलाई पार्टीका मुख्य संयोजक गणेश राईले स्वागत जनाएका थिए।

स्मरण गराइन्छ, २६ जनवरी, २०२३ का दिन गठन भएको सिटिजन एक्सन पार्टीले स्थापनाको तीन महिनापछि पार्टी मुख्यालय शुरु गरेको छ जसको आज पार्टीका वरिष्ठ कार्यकर्ता सीएम तिवारीले उद्घाटन गरे। पार्टीले चाँडै नै राज्यका छवटै जिल्लामा पार्टी कार्यालय शुरू र पार्टी अध्यक्ष पदको लागि चुनाउ प्रक्रिया पनि शुरु गर्ने जानकारी दिएको छ।यस अवसरमा बोल्दै पार्टीका मुख्य संयोजक गणेश राईले ११ महिनापछि सिटिजन एक्सन पार्टीले सरकार गठन गर्ने दाबी गरे। पार्टीमा लगातार नयाँ सदस्यहरूको समावेशले सिटिजन एक्स पार्टीनै सिक्किमको भविष्य हो भन्ने निश्चत भएको दाबी गर्दै उनले पार्टी कार्यकर्तालाई कम्फर्ट जोनबाट बाहिर निस्किएर मेहनत गर्न आग्रह गरेका छन्। सिक्किम भविष्य डावाडोल भएको स्थिति रहेको र यसबाट सिक्किमेलाई मुक्ति दिलाउन सिटिजन एक्सन पार्टीले सरकार बनाउने पर्ने अनिवार्यता रहेको उनको भनाइ छ। उनले भने, पार्टीमा लगातार मानिसहरूको समावेशले सिटिजन एक्सन पार्टी सिक्किमको भविष्य हो भन्ने आधार बनिएको छ। हामी कसैको फण्डिङमा पार्टी खोलेर राजनीति गर्न आएका होइनौं, सिक्किमको व्यवस्था परिवर्तन हाम्रो राजनीतिको प्रमुख उद्देश्य हो। यसका लागि हामी सत्तामा पुग्नै पर्ने आवस्यकता छ र त्यो लक्ष्य हासिल गर्ने उद्देश्य राखेर कार्यकर्ताले काम गर्नुपर्छ।

सिक्किमले प्रजातन्त्र ल्याएको ४७ वर्षको लामो समय अवधि पछि पनि जनताले प्रजातन्त्रको उपभोग गर्न नापाएको अवस्था छ भन्दै कसैको हुकुममा चल्ने राजनीतिमा सुधार ल्याएर जनतालाई प्रजातन्त्रको सहि उपभोग गर्ने अवसर दिलाउन पार्टीले राजनीति गरेको गणेश राईले बताए। सिक्किम अहिले कुनैपनि क्षेत्रमा व्यवस्थित नरहेको कारण राजनीतिमा सुधार आवश्यक छ भन्ने बताए। उनले वर्तमान र पूर्व सरकारको खुलेर आलोचना गरेका छन् भने पिएस तामाङ र पवन चामलिङलाई शान्ति र सुखको भविष्य दिन पनि सिटिजन एक्सन पार्टीमा सत्तामा पुग्न आवश्यक रहेको बताएका छन्।सरकारी कर्मचारीलाई आग्रह गर्दै गणेश राईले भने, हामीलाई क्राउड फण्डमा सहयोग गर्नोस्, महिनाको तीन सय मात्र दिनोस्, ११ महिनापछि चुनाउ छ हामी सरकारमा पुगेर तपाईँहरूको तीन पुस्तालाई पुग्ने भविष्य बनादिनेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement