मणिपुरको हिंसालाई ध्यानमा राख्दै मुख्य सचिवले बोलाए आपतकालिन बैठक

IMG-20230505-WA0403.jpg

गान्तोकः मणिपुर हिंसालाई ध्यानमा राख्दै राज्यका विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले आज राजधानीस्थित टाशीलिङ सचिवालयमा एक आपतकालिन बैठक सम्पन्न भयो। राज्यका मुख्य सचिव वीबी पाठकको अध्यक्षता सम्पन्न भएको बैठकमा मणिपुरको विभिन्न शैक्षिक संस्थानहरूमा अध्ययनरत राज्यका विद्यार्थीहरूको सुरक्षा हेतु बैठक आयोजना गरिएको हो।

बैठकलाई सम्बोधन गर्दै मुख्य सचिव पाठकले मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देश बमोजिम मणिपुरमा अध्ययनरत सिक्किम राज्यका विद्यार्थीहरूलाई सुरक्षा प्रदान गर्न पुलिसबल खटाइएको बताए। सबै कलेज र होस्टेलहरूमा सुरक्षा गार्ड उपलब्ध गराइसकेको पनि उनले बताए। उक्त घटनालाई ध्यानमा राख्दै मुख्य सचिवको निर्देशमा हेल्पलाइन नम्बर पनि जारी गरेको छ।

बिहान आठ बजीदेखि बेलुकी आठ बजीसम्म कुनै पनि जानकारी पाउनको निम्ति हेल्पलाइन नम्बरमा कल गर्न सकिने बताइएको छ। राज्य सरकारले मणिपुर राज्य सरकारसँग राज्यका विद्यार्थीहरूको सुरक्षालाई लिएर निरन्तर सम्पर्क गरिरहेको मुख्य सचिवले बैठकमा अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement