सुनको दोकानमा दिउँसै चोरी, पुलिसले जाँच शुरू

IMG-20230408-WA0112.jpg

कुचबिहारः जिल्लाको माथाभाङ्गा २ नम्बर प्रखण्डको रामठेङ्गा बजार क्षेत्रमा शुक्रवार सुनको दोकानमा चोरी भएकोले क्षेत्रमा सनसनी फैलियो। जानकारी अनुसार, आज बिहान रामठेङ्गा बजार क्षेत्र निवासी राजू दास दोकान खोलेर पूजाको निम्ति पानी ल्याउन गए।

जब उनी पानी लिएर दोकानमा पुगे तब सुन र चांदीको समानहरूको थैला हराएको पाए। जसबाट क्षेत्रमा सनसनी मचियो। दोकान मालिक राजू दासले घोकसाडाङ्गा थाना पुलिसलाई यसको सूचना दिए। सूचना पाएर घोकसाडाङ्गा थाना पुलिस घटनास्थलमा पुग्यो र जाँच शुरू गऱ्यो। राजू दासले भने, राति दोकान बन्द गरी सुन-चांदीको आभूषणलाई ब्यागमा भरेर घर लैजानेगर्छन्। फेरि बिहान ब्याग लिएर दोकान आउछन्। आजपनि ब्याग लिएर दोकान पुगे औं दोकान खेलर ब्याग राखेर पूजाको निम्ति पानी ल्याउन गए। जब उनी पानी लिएर दोकानमा पुगे तब ब्याग हराएको थियो। ब्यागमा लगभग दुई लाखको आभूषण थियो। त्यही, बिहान बजारमा भएको चोरीको घटनाले बजारका व्यवसायी चिन्तित भएका छन्। व्यवसायी समितिका सचिवले भने, बजारमा सीसीटीभी क्यामरा लगाउनमाथि विचार भईरहेछ। त्यही, उनले पुलिससित बजारमा लगातार पेट्रोलिङ गर्ने माग पनि राखे।

About Author

Advertisement