भागोप्रमो प्रार्थी नवराज छेत्री चुनावी प्रचार प्रसारमा सिविटार क्षेत्रमा

IMG-20220619-WA0124.jpg

तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीले आज आफ्नो चुनाव प्रचार गर्दै तीनधारे महानदी समष्टिको बाघमारा बस्ती, सिविटार चियाबारीको विभिन्न गाउँहरूको भ्रमण गरेका छन्। उनी प्रथममा बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतेलिङ गुम्बामा पुगेर अर्चना गरे भने गुम्बाको लामा स्याङदेन म्हेम्हेलाई भेटेर आशिर्वाद लिएका छन्। त्यसावधि बाघमारा बस्तीका स्थानीय मानिसहरूसित भेटघाट गरी विभिन्न समस्याहरू बुझ्ने कार्य गरेका थिए। त्यहाँबाट प्रार्थी नवराज छेत्रीले सिविटार चियाबारीको वीरदले गाउँमा सम्पन्न चुनावी सभालाई सम्बोधन गरेका थिए।

उक्त चुनावी सभा सिविटार बुथलाई लिएर सम्पन्न भएको थियो जसलाई पेम्बा तामाङले अध्यक्षता गरेका थिए भने सञ्चालन भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव उत्तम छेत्रीले गरेका थिए। उक्त चुनावी सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिको उपाध्यक्ष जनक छेत्री र प्रार्थी नवराज छेत्री आदिले वक्तव्य राखेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, महकुमा सदस्य टंक शर्मा, तीनधारे महानदी समष्टिको उपाध्यक्ष राजु लामा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, समष्टी सदस्य नरसाङ वाईबा लगायत सिविटार बुथ कमिटीको कार्यकारी सभापति कुसाङ लामा र अन्यहरू उपस्थित रहेका थिए। प्रार्थी नवराज छेत्रीले चुनावी सभालाई सम्बोधन गरेर सिविटारको विभिन्न गाउँहरूको पैदल यात्रा गरेर घर घरमा गएर मानिसहरूलाई भेट्ने कार्य गरेका छन्। उनले सिविटारको ७ नम्बर डिभिजन अन्तर्गत पर्ने गाउँहरूमा पनि पुगेर चुनाव प्रचार गरेका छन्। भागोप्रमो प्रार्थी नवराज छेत्रीले अाजको चुनावी भ्रमण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले आजको मेरो चुनाव प्रचार बाघमारा बस्तीमा रहेको गुम्बादेखि शुरु गरिएको र गुम्बामा स्याङदेन म्हेम्हेको आशर्वाद लिएर साथै बाघमारा बस्तीको मानिसहरूलाई भेटघाट गरेको बताए। उनले सिविटार चियाबारी क्षेत्रको मानिसहरूलाई लिएर बीरदले गाउँमा चुनावी सभालाई सम्बोधन गरेको पनि बताउँदै यस क्षेत्रको मानिसहरूले एकदमै खुशीसाथ मलाई स्वागत गरेको र मानिसहरूबाट एकदमै राम्रो रेसपोन्स आएको बताएका छन्। उनले तीनधारे महानदी समष्टिको ५ जना प्रार्थीहरूलाई शुभकामना पनि दिएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय, महकुमा हुँदै समष्टी र बुथ लेवलमा संगठन रहेको बताउँदै अहिलेसम्मके मेरो विभिन्न स्थानहरूमा पुगेर चुनाव प्रचार गरेको हिसाबमा प&यसपालीको चुनावमा आफुले जित्ने पूर्ण आशा रहेको पनि बताएका छन्। त्यसरी नै सिविटारको तर्फबाट विकास लामाले जानकारी गराउँदै अहिले हामीले कुनै डिमाण्ड नराखेको तर जितेर आएपछि हाम्रो क्षेत्रको विभिन्न समस्याहरू समाधानको कार्य कार्य गराउने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement