बिजनबारी: चैनपुर मिलन ग्राम साई ग्रामद्वारा प्रथम पल्ट आयोजित भगवान बुद्धको २५६७ औ जन्म जयन्ती भव्य रूपमा पालन गरियो । सिक्किम राज्यबाट आएका बौद्ध धर्म गुरूहरूद्वारा पारम्परिक पूजा अर्चना पछि भगवान बुद्धको प्रतिमालाई बिजनबारी पुलबजार चैनपुरै परिक्रमा गराइयो भने गुरू ,रिम्पोछेद्वारा भक्त जनहरूलाई वाङ वितरण गरियो ।