खरसाङ: गाेर्खा जन पुस्तकालय खरसाङकाे तत्त्ववधानमा आज मधुमेह राेग जाँच नि:शुल्क शिविर पुस्तकालयकाे पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको छ। चेन्नईका प्रतिष्ठित संस्थान डा माेहन्स मधुमेह राेग विशेषज्ञ केन्द्रकाे सिलगढी शाखाद्वारा नि:शुल्क मधुमेह रोग परीक्षण शिविर आयाेजन गरियाे। यस केन्द्रका प्रमुख शरण कुमार छेत्री थिए भने मधुमेह रोग विशेषज्ञ डा. मनाेदिप अनि डा. अन्यान्य दास डायेटिसियन तथा उनीहरुका सहयाेगी रणाेजित घाेषले मधुमेह राेगीहरुलाई जाँच गरेर गाेर्खा जनपुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ ‘निरुपण’ काे अध्यक्षतामा शुरु गरिएको यस कार्यक्रममा डा. मनाेदिप आचार्यसहित उनका सहयोगीहरुलाई सचिव विनोद रसाइलीले मञ्चमा स्वागत गर्दै आसन ग्रहण गराई खदार्पण गरे साथै सभापति औ अतिथिहरुकाे बाहुलीबाट धूपदीप प्रज्ज्वलन गरे।
आजकाे यस शिविरमा खरसाङ शहरबाहेक अन्य स्थानहरूबाट प्राय: ७० भन्दा अधिक मानिसहरुले मधुमेह रोगको जाँच गरेका थिए। अन्त्यमा आजको यस कार्यक्रमलाई सफल पारिदिएवापत डा माेहन्स डायबिटिक स्पेलाइटिज केन्द्र सिलगढीलाई पुस्तकालयले सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गरेका छन्। अन्त्यमा सभापति पूर्ण गुरुङ निरुपमले उपस्थित सबैलाई धन्यवाद ज्ञापन दिइ शिविर समापनकाे घाेषणा गरे।