बन्द रम्बुक सिडर्स चिया श्रमिकहरूको अवस्थाबारे एचएचटीडीसीएसएसद्वारा अतिरिक्त श्रम आयुक्तलाई पत्र

IMG-20230505-WA0383.jpg

दार्जीलिङ: बन्द रगंमुक सिडर्स चिया बगानमा कार्यरत् श्रमिकहरूको अवस्थाबारे अवगत गराउँदै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले अतिरिक्त श्रम आयुक्तलाई पत्र लेखेका छन्। बन्द रंगमुक सिडर्स चिया बगानको विषयमाथि गत २८ अप्रेलको दिन सिलगढीको श्रमिक भवनमा अतिरिक्त श्रम आयुक्तको उपस्थितिमा एक बैठक सम्पन्न भएको थियो।आयोजित बैठकमा अतिरिक्त श्रम आयुक्तले श्रमिक संगठनहरूसंग संगै बगानको अधिकारीहरूलाई पनि निम्ताएका थिए। बैठकमा श्रमिक संगठनको नेतृत्वहरू उपस्थिति रहेता पनि बगान मालिकको पक्षले आफु अस्वास्थ्य रहेको जनाउँदै बैठकमा उपस्थित भएन् भनी हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। बैठकमा श्रमिक संगठनहरूले रंगमुक सिडर्स चिया बगानमा भएको एक एक घटनाहरूबारे जानकारी गराउँदै बगान अविलम्ब खोलिनु पर्ने मांग राखेको थियो अनि अतिरिक्त श्रम आयुक्तले बन्द रंगमुक सिर्डस चिया बगानको विषयमाथि मालिक पक्ष श्रमिक संगठनलाई लिएर शीघ्र बैठक बोलाउने भरोसा दिलाएको स्मरण गराउँदै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले अतिरिक्त श्रम आयुक्तलाई पत्रचार गरेको छ। एचएचटीडीसीडसएसएसको केन्द्रीय अध्यक्ष डीके गुरूङले आफ्नो पत्रमा बन्द रंगमुक सिडर्स चिया बगानमा आफुले अहिलेसम्म दुई चोटी भ्रमण गरिसकेको जनाएको छ। यस अवधि आफुले चिया बगानमाथि निर्भर रहेका श्रमिकहरू एंव स्टाफ सब स्टाफहरूको अवस्था अति नै सोचनीय रहेको बताए। वृद्व एंव विमारीहरूको अवस्था अझ चिन्ताजनक रहेको जनाउँदै सरकारले यसबारे शीघ्र चिकित्सा सहायता पुराउनु पर्ने मांग गरेको छ। यसको साथै गत केही दिन अघि मात्र कलेज र स्कूल बोर्ड परीक्षाहरू सम्पन्न भएको छ।रंगमुक सिडर्स चिया बगान बन्द भएको हुनाले यस क्षेत्रका विद्यार्थीहरूको भविष्यबारे पनि अध्यक्ष गुरूङले आफ्नो पत्रमा ध्यानाकर्षण गर्ने काम गरेको छ। अध्यक्ष गुरूङले बन्द रंगमुक सिडर्स चिया बगानबारे अविलम्ब बैठक डाकेेर समस्याको समाधान गरिनु पर्ने मांग पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement