बुद्ध पूर्णिमाको उपलक्ष्यमा सम्वर्द्धना

60cbab61-fc5e-40e7-84aa-6d79e0ee4d4e

कालचिनीः शुक्रबार २५६७औँ बुद्ध पुर्णिमाको उपलक्ष्यमा कालचिनी खण्डको मेचपाड़ा ८ नम्बर स्थित पेमा छ्योई फेलिङ मोनास्ट्रीको पक्षबाट गाउँका‌ दुईजना सेवानिवृत्त शिक्षकलाई सम्वर्द्धना प्रदान गरीयो। बिहान भगवान बुद्धको शोभायात्रा सकिए पश्चात पेमा छ्योई फेलिङ मोनास्ट्रीको प्राङ्गणमा गाउँका दुईजना सेवानिवृत्त शिक्षक क्रमैले कुमार थापा नेपाली प्राथमिक विद्यालयका भूतपुर्व प्रधानाध्यापक राजेन्द्र थापा र सुचना औ संस्कृति विभागबाट सेवानिवृत्त भएका दिलकुमार बसेललाई मोनास्ट्रीको पक्षबाट सम्वर्द्धना प्रदान गरीएको थियो।
सो अवसरमा आमन्त्रित अतिथिहरूमा कालचिनी विधायक विशाल लामा, मेचपाड़ा चियाबारीको सहायक प्रबन्धक मनोज शर्मा र प्रशान्त आदित्य गाउँले समाजसेवी अजय कुमार आले एवम् गुम्बा कमिटीका वरिष्ठ सदस्यहरूको उपस्थिति रहेको थियो।
यस क्रममा प्रथमत पेमा छ्योई फेलिङ मोनास्ट्रीको अध्यक्ष निलीमा थोकरले‌ स्वागत वक्तव्य राखेकी थिईन भने गुम्बाका मूल लामा गुरु कैलाश दोङले भगवान बुद्धको बारेमा प्रवचन राखेको थियो।
कार्यक्रम सफल भएको बताउँदै बुद्ध जयन्तीलाई छेक पारेर बिहीबार गुम्बा कमिटीको पक्षबाट स्वेच्छा रक्तदान शिविरको आयोजना गरीएको र आज बिहान लामागुरुद्वारा छ्योई पाठ होम यज्ञ समापन पश्चात कोरवा अर्थात शोभायात्रा निकालिएको र यसै अवसरमा नै गाउँका दुईजना वरिष्ठ सेवानिवृत्त शिक्षकद्वय राजेन्द्र थापा र दिलकुमार बसेललाई सम्वर्द्धना प्रदान गरीएको पेमा छ्योई फेलिङ मोनास्ट्रीको सचिव राजमान बम्जनले जनाएका छन्।

About Author

Advertisement