कालचिनीः २५६७औँ बुद्ध जयन्तीको अवसरमा मेचपाड़ा ८ नम्बर स्थित पेमा छ्योई फेलिङ मोनास्ट्रीको पक्षबाट कोरवा अर्थात बुद्धको प्रतिमा र पवित्र दोमाङ छ्योई लिएर शोभायात्रा निकालियो। यस अवसरमा नै कालचिनी खण्डको मेचपाड़ा, चुवापाड़ा, कालचिनी, हेमिल्टनगञ्ज हुँदै शोभायात्रा पुनः मेचपाड़ा 8 नम्बर स्थिच पेमा छ्योई फेलिङ मोनास्ट्रीमा पुगेर समापन भएको थियो।
आज यसै क्रममा कालचिनीका टाँशी छ्योई फेलिङ गुम्बा, भाटपाड़ाका झ्याङछुब छ्योई फेलिङ गुम्बा, राईमाटाङ चियाबारीको साङा ङिङा गुम्बा, हेमिल्टनगञ्जका धर्मचक्र मोनास्ट्री, गंगुटिया चियाबारीको टाँशी छ्योई कुन्सोलिङ गुम्बा, दलसिंहपाड़ाका नर्बु छ्योईलिङ गुम्बा, लोथाबारीका थार्पालिङ गोन्पा, सेन्ट्रल डुवर्स चियाबारीको फुर्बा छ्योई फेलिङ गोन्पा, बुखिमबारीका टाँशी ल्हा छोगलिङ गुम्बा, चिञ्चुला, २२ धुरा, राधारानी, चुवापाड़ा, मेचपाड़ा २ नम्बर, ९ नम्बर, जयगाउँ, तोर्षा, बीच चियाबारी, भर्नाबारी, भातखावा, आदि विभिन्न ठाउँहरुमा अवस्थित गुम्बाहरूमा बुद्ध जयन्ती भव्यताको साथ पालन गरीएको देखियो।