कालचिनीः जयगाउँ छोटा मेचे बस्तीको एउटा खाली घरको कोठाबाट लगभग ६ महीनाको एक जोड़ी नवजात शिशुको शव देखा पर्दा क्षेत्रमा सनसनी मच्चियो। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा जयगाउँ थानाको पुलिसबल पुगेर ती एकजोड़ी नवजात शिशुको शव उद्धार गरेर लगेको छ।
यस्ता नवजात शिशुको शव कसरी कसले छोड़ेर गए रहस्यमय बनेको गाउँलेहरुले जनाएका छन्। स्थानीय बासिन्दाहरूले यो साह्रै नराम्रो पाप काम जसले पनि गरेको छ त्यसलाई नर्कमा पनि ठाउँ नमिल्ने जनाएका छन्। यता उक्त नवजात शिशुको शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको पुलिस सुत्रले जनाएका छन्।