बिजनबारी: शान्तिको प्रतिक बुद्ध जयन्ती मनाइरहेको समय देशको निम्ति बिजनबारी भेगका एक गोर्खे शहीद भएको छ। उक्त समाचारको क्षेत्रमा शोकको माहोल छाएको छ। घटनानुसार भारतीय सेनामा खटिएका दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ नयाँ नोर ग्राम पञ्चायतमा पर्ने किजोम बस्ती निवासी २५ बर्षिय राइफलम्यान सिद्धान्त छेत्री (९ प्यारा कमाण्डो) पिता खड्कबहादुर छेत्रीको आज बिहानै जम्मुको थाना मण्डी रजौरीमा भएको आतंकवादीको हमलामा परी वीरगति प्राप्त गरेका छन्। वर्ष २०१९ सालमा सेनामा भर्ना भएका छेत्री २०२१ सालदेखि प्यारा एस एफ) (PARA SF) मा छनौट भई थुप्रै अपरेशन गरिसकेका थिए भने छेत्री वैवाहिक बन्धनमा बाँधिएर गत १४ अप्रेलमा मात्रै पल्टन फर्केका थिए भनी जानकारी प्राप्त भएको छ। उनको निधनले क्षेत्रमा शोकको माहोल छाएको छ।