परिक्षार्थीहरूको पैसा फिर्ता नगरे,हामी सडकमा ओर्लिने छौ: सुरज तामाङ
दार्जीलिङ: टेट परीक्षाको पैसा फिर्ता नगरे हाम्रो पार्टीको घूम जोरबंगलो समष्टिले सड़कमा ओर्लिने चेताउनी दिएको छ। हाम्रो पार्टी घूम जोरबंगलो समष्टिको संयाेजक सुरज तामाङको नेतृत्वहरूमा आज यहाँको टीवी अस्पताल परिसर, घूम जोरबंगलो बजार, सुखे रोड आदि क्षेत्रहरूमा पोस्टरिङ गरेको छ। यसै सन्दर्भमा हाम्रो पार्टी घूम जोरबंगलो समष्टिको संयाेजक सुरज तामाङले बंगाल विधानसभा चुनाव अघि जीटीएले फर्जी टेट परीक्षा गराएको थियो भन्दै हामी उक्त फर्जी टेट परीक्षाको घोर विरोध जनाउँछौ भनी बताएका छन्।

संयाेजक तामाङले भने, ‘जीटीएले टेट परीक्षाको आयोजना गरेर पहाडको शिक्षित युवा भाइ बहिनीहरूको भोट हत्याउनसँगसंगै टेट परीक्षाको नाममा पैसा वसुल्ने काम पनि गरेको छ जसको हामी कठोर शब्दमा विरोध गर्छौं। जीटीएले टेट परीक्षार्थीहरूबाट परीक्षा शुल्कको नाममा वसुलेको पैसा अविलम्ब फिर्ता गर्नुपर्छ। यदि फिर्ता नगरेको खण्डमा हामी सडक ओर्लिनेछौं।’