श्रमिकहरूका पूजा बोनसको लागि सभा बोलाउने माग गर्दै भागोप्रमोको युनियनद्वारा डीटीएलाई ज्ञापन

IMG-20230505-WA0376.jpg

खरसाङ: चियाबारी श्रमिकहरूको पूजा बोनस विषयमा अहिलेदेखि नै सभा आयोजना गर्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनद्वारा दार्जिलिङ टी एसोसिएशन (जीटीए) लाई ज्ञापन दिएका छन्। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको एक टोलीले डीटीएको मुख्य सल्लाहकार सन्दीप मुखर्जीलाई खरसाङको टुरिस्ट लजमा भेटेर ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापनमा चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशत हुनु पर्ने र श्रमिकहरूका पूजा बोनसको लागि अहिलेदेखि नै पहल गर्नु पर्ने कारण चियाबारी श्रमिकहरूको पूजा बोनसको छिनफाना फस्ट फ्लसको सिजनमा नै हुनु पर्ने भनिए पनि अहिलेसम्म नभएको कारणले अब बोनसको सभा यही मई महिनाभित्रमा बेलाउनु पर्ने मांग गर्दै डीटीएलाई ज्ञापन दिएका छन्। उक्त ज्ञापन दिने टोलीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, सचिव भक्तिमान तामाङ, केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले हामीले चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशत हुनु पर्ने र यसको लागि अब सभा गर्नु पर्ने मांग गरेको साथै यही मई महिनाभत्रमा बोनसको लागि सभा बोलाउनु पर्ने मांग गर्दै ज्ञापन पत्र बुझाएको बताएका छन्। उनले यो ज्ञापनपछि यही महिनाभित्रमा सभा नबोलाए हामी पुन: अर्को कदम चाल्दै पत्रचार गर्ने कि चैं ज्ञापन बुझाउने कार्य पनि गरिने जानकारी गराएका छन्। उल्लेखनीय छ गत १ मईको दिन खरसाङमा आयोजित अन्तर्राष्ट्रीय श्रमिक दिवसको कार्यक्रममा प्रमुख चिफ् एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले चियाबारी श्रमिकहरूको पूजा बोनसको लागि दशैंको मुखैमा मात्र होइन तर अहिलेदेखि नै बोनसको लागि पहल गर्नुपर्छ भनी युनियनलाई आह्वान् गरेका थिए। यसै अनुरुप हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिले यसको लागि पहल शुरु गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement