खरसाङ: आज खरसाङको धोबी खोला निवासी उत्तम दास प्रधानले आफ्नो निजी बासस्थानमा चेस खेलाडीलाई ल्यापटप प्रदान गरेका छन्। उनले नेपाल झापाका चेस खेलाड़ी राजेन्द्र सुवेदीलाई एउटा ल्यापटप प्रदान गरेका छन्। उक्त ल्यापटप दिनुको मुख्य कारण विषयमा उत्तम दास प्रधानले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा कम्प्युटरसंग खेलेर ज्ञान बढ़ाउनलाई उनकोमा कुनै साधन थिएन। यसैले धेरै दिनदेखि उनले दुःख पाएको उनको मनसायबाट थाहा लाग्दा अनि आफु सयम् पनि चेस खेलाडी भएको नाताले केही गरिदिन सक्छु भन्ने लागेकोले आज ल्यापटप प्रदान गरेको हुँ मैले।’

प्रधानले अघि भने, उनको पनि दार्जिलिङ रेडक्रस सोसाइटीमा डीपी शर्माको चासोमा उनको प्रयासले चालिस- पचासजना स्कूले नानीहरूलाई चेस विषय शिक्षा दिइरहनु भएको थाहा हुँदा उनलाई अझ थप प्रेरित भएर अझ चेस खेलमा उन्नति भएर जावोस् हाम्रो जीटीए क्षेत्रमा भन्ने सोँच लिएर सहयोग गरेको हो।मेरो पनि एउटा सपना थियो यसरी नै प्रशिक्षक बन्ने यो सपना राजेन सुवेदीले पूरा गरिदिने छ भन्ने विस्वस्त छु।’