फेरि केन्द्रको विरोध विपक्षीहरुलाई एकजुट हुने ममताकाे आह्वान

cm-mamata-banerjee

कोलकाता: मुख्यमन्त्री ममता ब्यनर्जीले फेरि एकपटक आगामी वर्ष २०२४ को लोकसभा चुनाउपूर्व गैरभाजपा र गैरकंग्रेस पार्टीहरूलाई एकजुट हुने आह्वान गरेकी छन्। शुक्रवार मुर्शिदाबादको शमशेरगंजमा आयोजित जनसभालाई सम्बोधन गरिन।सम्बोधनमा ममताले भनिन्, सबै विपक्षी पार्टीहरू एक होऔं। हामी एकसाथ मिलेर काम गरौं। बजरंग दलतिर लक्षित गर्दै उनले भनिन्, श्रीरामको नाम जपेर गुण्डागर्दी भइरहेको छ। उसले सीबीआई, ईडीको नाममा मानिसहरूलाई भयभित पारिरहेको छ। केन्द्रिय एजेन्सीहरूले विपक्षलाई हैरान बनाइरहेका छन्। यसैको विरोधको लागि पनि हामी एकजुट हुन अत्यन्त आवश्यक छ। उस (भाजपा) लाई केन्द्रबाट सत्ताच्युत गर्न आवश्यक छ।
उल्लेखनीय छ, यसअघि पनि मुख्यमन्त्री ममता ब्यनर्जीले कोलकातामा अखिलेश यादवसितको भेटमा यसरी नै आह्वान गरेकी थिइन्। उनले नवीन पटनायकसित भेट्दा पनि विपक्षी एकताको नारा बुलन्द गरेकी थिइ। हालैमा बिहारका मुख्यमन्त्री नीतीश कुमार र उपमुख्यमन्त्री तेजस्वी यादवसितको भेटमा पनि ममताले केन्द्रको नरेन्द्र मोदी सरकारविरूद्ध विपक्षलाई लामबद्ध हुने सन्देश दिएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement