खरसाङ: आज बुध्द पूर्णिमाको अवसरमा खरसाङ क्षेत्रका विभिन्न गुम्बाहरूमा २५६७औं बुध्द जयन्ती पालन गरिएको छ। खरसाङको मन्टिभियटमा रहेको टाँसी सामतेलिन गुम्बामा बुध्द जयन्ती समारोह धुमधामले पालन गरिएको छ। बुध्द जयन्तीको अवसरमा बौध्द धर्मावलम्बीहरूले खरसाङ बजारमा विराट शोभायात्राको आयोजनमा गरेका थिए। बौध्द धर्मावलम्बीहरूले टाउकोमा पुस्तक बोकेर बौध्द धर्म परम्परा अनुसार रैली गरेर बुध्द जयन्ती पालन गरेका थिए। त्यसरी नै खरसाङको शेर्पा बस्तीस्थित शेडुप धारगेलिङ शेर्पा गुम्बामा पनि बुध्द जयन्ती समारोह सम्पन्न गरिएको थियो।

यस अवसरमा बौध्द धर्मावलम्बीहरूले खरसाङमा शोभायात्रा निकालेका थिए। शेडुप धार्गेलिङ शेर्पा गुम्बामा विगत ३ मईदेखि नै काग्युर सेलुक पाठ गरिएको थियो। यस अवसरमा नेपालको ईलामबाट बौध्द धर्म गुरु डुप्ला पेमा ठिन्ले रिम्पोर्छे उपस्थिति रहेर वाङ अभिषेक गरी वितरण गरेका थिए। खरसाङ क्षेत्रका विभिन्न गुम्बाहरूमा बुध्द जयन्ती पालन गर्दै शान्ति र समृध्दिको सन्देश दिन्दै धार्मिक अनुष्ठान पूरा गरिएको थियो।