जनताले परिवर्तन चाहेको हाम्रो पार्टी उम्मेद्वार पुरण राईको भनाई

मिरिक। जीटीए सभाको चुनावको निम्ति सौरेनी २५ नम्बर समष्टिका हाम्रो पार्टीका उम्मेद्वार पुरण राईले यसपालि जनताले परिवर्तन चाहेको बताएका छन्। आज पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले यसो भनेका हुन्। राईले हाल क्षेत्रको विभिन्न ठाउँहरूमा चुनाउ प्रचार प्रसार तीब्र गतिमा भइरहेको बताए भने धेरै ठाउँहरुबाट सकरात्मक प्रतिक्रियाहरू आईरहेको बताएका छन्। राईले हाल समष्टिको अप्पर क्षेत्रमा लगभग प्रचार भइसकेको र अब लोवर क्षेत्रमा प्रचार प्रसार गर्ने बताए। उनले पार्टी अध्यक्ष अजय एडवार्ड भोली सौरेनी आइपुग्ने जानकारी गराउदै उनको आगमनले धेरै बल प्रदान हुने बताए। उनले भने, जनता विगतका नेताहरूहरूसँग वाक्क भएको बताउदै यसपाली नयाँ अनुहारलाई जनताले रूचाउने बताए। राईले आफ्नो जीत निश्चित रहेको दाबी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement