अलिपुर र कालीघाट पुलिस थाना क्षेत्रमा १४४ लागू

IMG-20230410-WA0169.jpg

कोलकाता: लालबजार र कलेज स्ट्रीट क्षेत्रहरू पछि, कोलकाता पुलिसले अब कालीघाटा र अलिपुर पुलिस स्टेशन क्षेत्रमा धारा १४४ लागू गरेको छ। यसअन्तर्गत अब यी क्षेत्रमा कुनै पनि व्यक्ति वा संस्थाले र्‍याली वा प्रदर्शन गर्न पाउने छैनन्। यस सम्बन्धमा बिहीबार कोलकाता पुलिस कमिश्नरले एक निर्देशन जारी गरेको छ। यहाँ कालीघाट क्षेत्रमा मुख्यमन्त्री निवास नजिकै विगत केही महिनादेखि कुनै न कुनै मागका लागि संघ-संस्थाले धारणा दिइरहेका छन्। जुनसुकै बेला एक्कासी धेरै मानिस आएर त्यस क्षेत्रमा विरोध गर्न थालेका छन्। जसका कारण कयौं पटक पुलिसलाई समेत समस्या हुने गरेको छ। यस्तो अवस्थामा पुलिसले मुख्यमन्त्रीको निवास नजिकका क्षेत्रमा धारा १४४ लगाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement