पटना: पटनाबाट दिल्लीका लागि उडेको स्पाइसजेटको विमानमा आगलागी भएको समाचार छl विमान पटना विमानस्थलमा फेरि सुरक्षित अवतरण गरेको बताइएको छ। विमानको इन्जिनमा आगो लागेको बताइएको छ। आगलागीको सूचना पाएलगत्तै विमानस्थल प्रशासन अलर्ट मोडमा पुगेको थियो। विमान अवतरण गरेलगत्तै यात्रुहरुलाई विमानबाट बाहिर निकाल्ने कार्य गरियो। पटनाका एसएसपीले विमान उड्ने बित्तिकै यसको एउटा इन्जिनबाट धुवाँ निस्किएको देखेको बताए। त्यसपछि विमान विमानस्थलमा सुरक्षित अवतरण गराएको थियो। विमानमा सवार सबै यात्रु सकुशल रहेको बताइएको छ। विमानको इन्जिनमा के कारणले आगलागी भयो भन्ने अहिलेसम्म थाहा हुनसकेको छैन। विमानस्थल बाहिर एम्बुलेन्स तैनाथ गरिएको छ, आवश्यक परे तुरुन्तै उपचार गर्न सकिनेछ। विमानमा लागेको आगो निभाउने कार्य गरियो। विमानस्थलमा थप दमकलको गाडी पनि बोलाइयो।
पटनाका डीएम चन्द्रशेखर सिंहले भनेअनुसार पटना-दिल्ली उडानले उड्नेबित्तिकै एयरपोर्टबाट उडान भरेको थियो। इन्जिनमा आगो लागेको थियो। फुलवारी शरीफ क्षेत्रका मानिसले उडिरहेको विमानबाट धुवाँ निस्किएको देखेपछि तुरुन्तै जिल्ला प्रशासनलाई फोन गरेर खबर गरेका थिए। प्रशासनले तत्काल कारबाही गर्दै विमानस्थल प्रशासनलाई जानकारी गरायो। त्यसपछि विमानलाई पटना विमानस्थलमा अवतरण गरियो।