अग्निपथ भर्ती योजनाः अगस्तदेखि सेनामा भर्ती शुरु, यस्ता छन् सुविधाहरु

Army-1-3

केन्द्र सरकारले भारतीय सेनामा भर्तीका लागि अग्निपथ भर्ती योजना शुरु गरेको छ। यो योजनाअनुसार भारतीय सेनामा चार वर्षको लागि भर्ती हुने र ती सैनिकलाई ‘अग्निवीर’ भनिनेछ। यो भर्तीका लागि तालिम पनि दिइनेछ र चार वर्षपछि केही सैनिकलाई कार्यसम्पादनका आधारमा कायम गरी बाँकीलाई अवकाश दिइनेछ। यस नयाँ योजनाको उद्देश्य द्रुत रूपमा बढ्दै गइरहेको सेना, वायुसेना र नौसेनामा तलब र पेन्सनको लागत घटाउनु हो। परीक्षा दिएका उम्मेदवारहरूको परिणाम सार्वजनिक गरिने छैन, तर उनीहरूले यो योजना अन्तर्गत पुन: आवेदन दिनुपर्नेछ। यस योजनामा ​​परेका सैनिकहरूलाई सार्वजनिक क्षेत्रका उपक्रम र मन्त्रालयहरूमा रोजगारीका लागि प्राथमिकता दिइनेछ।

अग्निवीर बन्ने प्रक्रिया

भारतीय सेनाको अग्निपथ योजनाअनुसार १७ देखि २१ वर्षका युवालाई सेनामा भर्ना हुने अवसर दिइनेछ। उनीहरुलाई २ महिनादेखि ६ महिनासम्म तालिम दिइनेछ। यी अग्निवीरहरूको हातमा ह्यान्ड हेल्ड टार्गेट सिस्टम पनि उपलब्ध गराइनेछ र जवानहरूलाई होलोग्राफिक्स, नाइट, फायर कन्ट्रोल सिस्टम पनि लगाइनेछ।

भर्तीको लागि योग्यता

यो भर्तीको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने महिला र पुरुष दुवैले सेनामा सेवा गर्ने अवसर पाउनेछन्। १७.५ वर्षदेखि २१ वर्षसम्मका युवाहरूलाई यो भर्नामा सहभागी हुन योग्य मानिनेछ। हाल भारतीय सेनामा भर्तीका लागि तोकिएको शारीरिक र चिकित्सा मापदण्डका आधारमा अग्निवीर भर्ना हुने कुरा सबैले ध्यानमा राख्नुपर्छ। सेनाको नियम र शर्तअनुसार १० र १२ उत्तीर्ण गरेका युवाहरू यस योजनाको हिस्सा बन्न सक्छन्।

के हुनेछ ४ वर्षपछि

अग्निपथ योजनाअन्तर्गत छनोट हुने उम्मेदवारले ४ वर्ष अग्निवीरको रुपमा सेनामा सेवा गर्नुपर्नेछ। ४ वर्षपछि अग्नि वीरले सेनाको सेवा छाड्नुपर्ने भएको छ। सेनाको आवश्यकता अनुसार २५ प्रतिशत सैनिकलाई नियमित क्याडरको हिस्सा बनाइने र बाँकी सैनिकलाई अवकाश दिइनेछ। अग्निवीरलाई ४ वर्ष सेवा गरेपछि सेवा कोषको प्याकेज र सेनामा ४ वर्ष सेवा पूरा गरेपछि करिब ११.७ लाख रुपियाँको एकमुष्ट ब्याज प्रदान गरिनेछ।

अग्निवीरहरूको तलब

यस योजनाअन्तर्गत अग्नि वीरलाई वार्षिक ४.७६ लाख रुपियाँ तलब दिइनेछ। यी सैनिकहरूलाई हार्डसिप प्याकेज र जोखिम प्याकेज छुट्टाछुट्टै दिइनेछ। योसँगै चौथो वर्षमा तलब बढाएर ६ लाख ९२ हजार पुग्नेछ। चार वर्षपछि करिब ११.७ लाख रुपियाँ एकमुष्ट ब्याज दिइनेछ।

दुर्घटनाको भएमा

४ वर्षको कार्यकालमा कुनै पनि अग्निवीरको मृत्यु भएमा शहीदको सम्पूर्ण परिवारलाई बीमा उपलब्ध गराइनेछ। साथै यस सेवाका क्रममा कुनै सैनिक अपाङ्ग भएमा ४४ लाखसम्मको रकम र बाँकी जागिरको तलब पनि दिइनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *