सिलगढी: गौतम बुद्धको २५६७औँ जन्मजयन्ती सिलगढीका विभिन्न गुम्फामा रंगीन जुलुस र विभिन्न कार्यक्रमका साथ मनाइयो। शुक्रबार सालुगाडा क्षेत्रबाट रंगारंग जुलुस निकालिएको थियो। गौतम बुद्धको २५६७औँ जन्मजयन्तीको अवसरमा आज देशभरका बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउँदैछन्। त्यसैगरी सिलगढीको शालुगाडा क्षेत्रमा बुद्ध गुम्फाद्वारा रंगारंग जुलुस निकालिएको थियो। गुम्फाबाट निस्किएको जुलुस शालुगाडा क्षेत्रका विभिन्न मार्ग परिक्रमा गरी गुम्फामा समापन भएको थियो। र्यालीमा जिल्लाका बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। यसबाहेक सालुगाडाको गुम्फामा दिनभर भक्तजनको भीड लागेको थियो।