तृणमूलको नयाँ जनसम्पर्क अभियान ‘एक डाके अभिषेक’

तृणमूलका राष्ट्रिय महासचिव र सांसद अभिषेक ब्यानर्जी l फाइल फोटो

कोलकाता: जसरी तृणमूलले विधानसभा चुनावअघि ‘दीदी के बोलो’ अभियान चलाएर जनतामाझ आफ्नो परिचय बनाएको थियो, त्यहीअनुसार तृणमूलले पञ्चायत चुनावअघि ‘एक डाके अभिषेक’ अभियान चलाएर जनसम्पर्क अभियान शुरु गरेको छ। शनिबार, तृणमूलका राष्ट्रिय महासचिव र सांसद अभिषेक ब्यानर्जीले आफ्नो संसदीय क्षेत्र डायमण्ड हार्बरको ८ वर्षको रिपोर्ट कार्ड प्रस्तुत गरे। यसका साथै आफ्नो क्षेत्रका जनताका समस्या सुन्न र समाधानका लागि अभिषेकले टोल फ्री नम्बर जारी गरेका छन्, जसमा फोन गर्दा जनताले आफ्नो समस्या बताउँछन् भने तत्काल समाधान गरिने छ।

 ‘एक डाके अभिषेक’ अभियानअन्तर्गत ७८८७७७८८७७ टोल फ्री नम्बर जारी गरिएको छ। डायमण्ड हार्बर संसदीय क्षेत्रका जनताले यसमा फोन गरेर आफ्नो समस्या वा कुनै पनि प्रकारको समस्या बताउन सक्छन्। यो समस्या सिधै सांसदसम्म पुग्छ, जसमा जतिसक्दो चाँडो काम हुन्छ। कोरोना महामारीको दुई वर्षमा सांसद अभिषेक ब्यानर्जी आफ्नो संसदीय क्षेत्रमा जनताको बीचमा देखिएका छन्। डायमण्ड हार्बरलाई सांसदले नमुनाका रुपमा प्रस्तुत गरेका थिए। यसैबीच, अम्फान तूफानमा पनि अभिषेक आफ्नो क्षेत्रमा थिए। यी आठ वर्षमा खानेपानीदेखि शिक्षामा विकास, अस्पतालको अवस्था सुधार गर्ने सबैतिर काम भएको छ। मथुरापुरमा १४ सय करोडको लागतमा खानेपानी आयोजना तयार भएको छ। यसबाट करिब ७.९ लाख मानिस लाभान्वित हुनेछन्। यसबाहेक बजबजमा खानेपानी प्रशोधन केन्द्र स्थापना गरिएको छ, जसबाट त्यहाँका पाँच लाख जनता लाभान्वित भएका छन्। डायमण्ड हार्बर सुपरस्पेशालिटी अस्पताल र मेडिकल कलेज २०१९ मा निर्माण गरिएको थियो। शिक्षा क्षेत्रमा रु. ११३.५ लाखको लागतमा प्राथमिक विद्यालय र त्यसको पूर्वाधार निर्माणको काम भएको थियो। व्यावसायिक शिक्षाको क्षेत्रमा पोलिटेक्निक कलेज र आईटीआई क्याम्पस तयार गरिएको थियो। नारी कल्याण अन्तर्गत महिला छात्रावास निर्माण भएको हो। बांग्ला आवास योजनाअन्तर्गत १२ हजार ९७२ मा छानाको व्यवस्था गरिएको थियो। किसानका लागि दुईवटा किसान बजार तयार गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement