गुवाहाटी: असमका मुख्यमनत्री डा. हिमन्त बिस्व सरमाले मणिपुरका हालका घटनाहरूलाई लिएर आफ्नो प्रतिक्रिया व्यक्त गर्दै सोशल मीडियामा एक ट्वीट गरेेर भने, असम सरकार मणिपुर सरकारको हरसम्भव मद्दतको निम्ति तयार छ।मुख्यमन्त्रीले भने, मणिपुरमा हालका घटनाहरूले प्रभावित धेरै परिवारहरूले असममा शरण लिएका छन्। यस्तोमा मैले कछारको जिल्ला प्रशासनसित यी परिवारहरूको देखरेख गर्ने औं हरसम्भव मद्दतको अनुरोध गरेको छु। म मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहको साथपनि लगातार सम्पर्कमा छु र यस संकटको समयमा असम सरकारको पूर्ण समर्थनको वाचा गर्दछु।