१९ जूनः भारतीय पुरुष फूटबल टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले शनिवार देशमा खेलसँग सम्बन्धित केही शक्तिशाली संस्थाहरूमाथि परोक्ष हमला गर्दै केही हितधारकहरूले राष्ट्रिय टीमको स्तरलाई बढ़ाउनुको सट्टा आफ्नो योजनाहरूमाथि ध्यान दिएको बताए। स्टीमाकले मैदानमा खेलदेखि बाहिक फूटबल प्रबन्धनसँग सम्बन्धित कुराहरूलाई लिएर आलोचना गरेको यो पहिलोपल्ट चाहिँ होइन। भारतलाई ग्रुप डी-को शीर्षमा पुऱ्याएर २०२३ एएफसी एशियाई कपको निम्ति क्वालीफाई गराएको लगत्तै पछि उनले राष्ट्रिय महासंघको आलोचना गरे। उल्लेखनीय छ, अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को कामकाज अहिले उच्चतम न्यायालयद्वारा नियुक्त प्रशासकहरूका समिति (सीओए)-ले हेरिरहेको छ कारण प्रफुल्ल पटेलको अगुवाईमा रहने दललाई राष्ट्रिय खेल संहिताको उल्लंघन गरेकोमा अदालतले बर्खास्त गरेको छ।
मीडियासँग भर्चुअल बातचीतको क्रममा स्टीमाकले भने, मई २०१९-मा मुख्य प्रशिक्षक हुँदा मलाई भारत फूटबल देशको रूपमा स्थापित हुने पूर्ण विश्वास थियो। यसको साथमा काम सजिलो नहुने पनि थाहा थियो। म सबैबाट राष्ट्रिय टीमको स्तरलाई उँचाईमा पुऱ्याउने कार्यमा सहयोगको आशा गरिरहेको थिएँ तर केही पक्षहरूले केवल आफ्नो परियोजनाहरूमा ध्यान दियो। यो सब आश्चर्यजनक थियो। स्टीमाकले यस अवधि कसैको नाम चाहिँ लिएनन्। राष्ट्रिय टीमसँग यस क्रोएशियाई प्रशिक्षकको अनुबन्ध सेप्टेम्बरमा समाप्त हुन गइरहेको छ।
स्टीमाकले बारम्बार खेलाड़ीहरूका अन्तर्राष्ट्रिय म्याचहरूको समय राष्ट्रिय टीममा उपलब्धतामाथि जोर दिए। यसको साथमा क्लबहरूद्वारा खेलाड़ीहरूलाई रिलीज नगरिने प्रथामाथि पनि क्षोभ व्यक्त गरे। उनले एशियाई कप क्वालीफायरमा टीमको असाधारण प्रदर्शनको श्रेय टुर्नामेण्ट अघि लामो शिविरको निम्ति खेलाड़ीहरूका उपलब्धतालाई दिए। स्टीमाकले भने, राष्ट्रिय टीमको प्रदर्शनले मात्र भारतीय फूटबललाई उँचाईमा पुऱ्याउन सक्छ। यस्तो काम आईएसएल (इण्डियन सुपर लीग)-ले गर्न सक्दैन। राष्ट्रिय टीमसँग अनुबन्ध बढ़ाउने सम्भावनाबारे उनले भने, अनुबन्धको शर्तहरू अनुसार हामीले आफ्नो लक्ष्य (एशियाई कपको निम्ति क्वालीफाई गर्नु) हासिल गऱ्यौं। अहिले त मेरो काम आधा पनि पूरा भएको छैन। यसैकारण म अहिले नै जान चाहदिनँ। दोस्रो पक्ष पनि सकारात्मक रहे अनुबन्ध जून या जुलाईमा बढ्न सक्छ। यस्तो भए राष्ट्रिय टीमको निम्ति कामहरू चाँड़ै शुरु गर्न सकिनेछ।