१९ जूनः पर्यावरण संरक्षणसहित विभिन्न जनहितका कार्यहरू गर्दै आउने गैर सरकारी संगठन (एनजीओ) शेभ अर्थ फर लाइफ-को तत्त्वावधानमा दुईदिने मनसून ट्रफी फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। प्ले फर अ कज-को मूल मन्त्र लिएर यस टुर्नामेण्टको आयोजन आउँदो २५ र २६ जूनको दिन हुनेछ। सिलगढ़ी नजिक सालबारीको अम्बरधुरा खेल मैदानमा हुने यस टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार र उपविजेता हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ३ हजार रुपियाँ तोकिएको छ अनि टीमहरूले २२ जूनभित्र केवल १५०० रुपियाँ दिएर आफ्नो स्थान सुरक्षित गराउन सक्नेछन्।