तीनधारेको पद्यमा छोईलिङ गुम्बामा २५६७औं बुध्द जयन्ती साथै शोभा यात्रा कार्यक्रम

IMG-20230505-WA0185.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बाको आयोजनामा यसपाली २५६७औं बुध्द जयन्ती समारोह सम्पन्न गरिएको छ। यस अवसरमा बौध्द धर्मावलम्बीहरूले तीनधारेको मिठाईडाँड़ास्थित गुम्बा परिसरदेखि शान्ति रैलीको आयोजना गरिएको छ। उक्त रैली बुध्दको प्रतिमा लिएर तीनधारे परिक्रमा गरिएको छ। उक्त रैलीले मिठाईडाँड़ादेखि क्रिकेट बजार हुँदै एनएच ५५ भएर अप्पर गोलाईको ब्लु डाईमण्ड स्कूलसम्म पुगेर फर्किएर कारखाना हुँदै सत्र माइल फाटक भएर पुन: मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बा पुगेको थियो।

रैलीमा बौध्द धर्मावलम्बीहरूले टाउकोमा पुस्तक बोकेर विभिन्न धार्मिक नाराहरू लगाएका थिए। यस अवसरमा तीनधारेको श्रीगणेश सहकारी समितिको अध्यक्ष बिनयकुमार छेत्री र सचिव पाल्सङ लामाको अगुवाईमा रैलीमा रहेका मानिसहरूलाई जुसहरू वितरण गरेका थिए। त्यसरी अप्पर गोलाईमा शान्ति योञ्जन र परिवारद्वारा पनि रैलीमा आएका मानिसहरूलाई जुस, चिसो पानी, खरबूजा, तातो पानी, चिया आदि वितरण गरेका थिए। यस अवसरमा मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा बौध्द धर्म गुरु बुम्बा डुम्जनको अगुवाईमा लामा म्हेम्हेहरूद्वारा म्हाणिपा संघको आङ्गीहरूका सहयोगमा गत 3 मईदेखि तीन दिवसीय पूजा अर्चना गरिएको छ भने आज साङ्गे पूजा सम्पन्न गरिएको छ। रैलीपछि दिउँसो लामा म्हेम्हे बुम्बा डुम्जनको अगुवाईमा वाङ अभिषेक गरी वितरण पनि गरिएको छ। तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा २५६७औं बुध्द जयन्ती समारोह विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गुम्बा सञ्चालन समिति तामाङ बुध्दिष्ट एसोसिएशनको सह सचिव सन्तोष लामाले तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा २५६७औं बुध्द जयन्ती पालन गरिएको र यसपाली गुम्बामा गत ३ मईदेखि तीन दिवसीय पूजा आयोजना गरिएको अनि आज बुध्द जयन्तीको अवसरमा साङ्गे पूजा सम्पन्न गरिएको जानकारी गराएका छन्। उनले आज बिहान ७ बजेदेखि गुम्बाको मुख्य लामा म्हेम्हे बुम्बा डुम्जनको अगुवाईमा लामा म्हेम्हेहरूद्वारा म्हाणिपा संघको आङ्गीहरूका सहयोगमा पूजा अर्चना गरिएको बताएका छन्।

उनले दिउँसो बुम्बा डुम्जन म्हेम्हेको बाहुलीबाट वाङ अभिषेक गरी वितरण गरिने पनि जानकारी गराएका छन्। अर्कोतिर म्हाणिपा संघ तीनधारेकी कोषाध्यक्षा शान्ति योञ्जनले आज बुध्द जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा सामेल भएका मानिसहरूका लागि आफ्नो परिवारले चिसोे पानी, जुस, खरबूजा, तातो चिया, पानी आदि वितरण गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement