बर्खायाममा गाउँलेहरुले मृतदेह बाँसमा बाँधेर घर लगिरहेको हिर्दोक दृश्य देख्दा…
गोरुबथान: अहिलेको २१औं शताब्दीमा पनि धेरै गाउँ-ठाउँहरुमा टाउकोमा डोको बोकेर पिठ्युँमा भारी बोकेर मानिसहरु कष्टकर जीवन बिताउन बाध्य छन्। प्रत्येक गाउँमा कम्पनी पुगिसक्यो तर सरकार पुग्न सकेको छैन। भोट लगाई आफ्नो नेतृत्व चयन गर्छन् आममानिसहरुले, तर चिल्लो बाटोसम्म पाउन नसक्नुको एउटा दुर्भाग्य मान्नु पर्छ। गाउँमा गाडी आउला, यसरी भारी बोक्न नपर्ला जीवन केही सहज होला भन्ने सपना बोकेर भोटको बेला बटन थिचेर आफ्नो मूलभूट समस्या समाधानको सपना साकार होला भनि सपना साँचेका हुन्छन् गाउँवासीले, तर उनीहरुको सपना तर साकार हुनसकेको छैन। यो तस्वीरमा देखिएको दृश्य गोरुबथान खण्डअन्तर्गत पर्ने पंखासरीको हो। बाटो आयो बाटो आयो भनेर खुशी नभएका पनि होइनन् यहाँका मानिसहरु, तर बाटो निर्माण सही नभएको हुनाले हो वा के कारणले पंखासरीसम्म गाडी पुग्नै सकेन। बिरामीले सिकिस्त परेकी महिलालाई काँधमा बोकेर अस्पताल पुर्याइएपछि सिलगढी रेफर गरिएको थियो। त्यही उनको मृत्यु भएपछि आधा बाटोसम्म गैरसरकारी संस्थाले मृतदेह पुर्याइदिएl यस्तो बर्खायाममा गाउँलेहरुले मृतदेह बाँसमा बाँधेर घर लगिरहेको हिर्दोक दृश्य देख्दा सबैको हृदय चरक्क पोल्नु स्वाभाविक हो, तर यस्ता धेरै ठाउँहरु छन् जहाँ आजसम्म पनि मानिसहरु आफ्नो सपना पूरा होला कि भन्ने आशाले ईभीएमको बेला बटन थिच्न भुलेका छैनन्। कहिले पुरापूरा होला यस्ता धेरै गाउँलेहरुका यस्तो अधुरो सपना???? थुप्रै थुप्रै प्रश्न चिन्ह खडा हुन्छन्l