सिलगढी: वनवासी कल्याण आश्रम उत्तर बङ्गाल शाखाले मे ७ मई सालबारी, सिलगढीमा सामूहिक विवाह आयोजना गर्न लागेको छ। शुक्रबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस्तो बताए। यो सामूहिक विवाह मार्फत १०८ जोडी केटाकेटीको विवाह हुने बताइएको छ। यो सामुहिक विवाह शालबारीको बिरसा शिशु शिक्षा दायरामा हुने भएको छ। वनवासी कल्याण आश्रमले वनवासी र जनताको चौतर्फी विकासको लागि काम गर्दछ। उनीहरूले विगतमा पनि यस्ता सामूहिक विवाह गरेका छन्। यो उनीहरूको १३औं सामूहिक विवाह समारोह भएको संस्थाले जनाएको छ।











