५ मईः भारतीय फूटबल टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले जूनमा भुवनेश्वरमा हुने इण्टरकण्टिनेण्टल कप फूटबल टुर्नामेण्ट अघि राष्ट्रिय शिविरको निम्ति बिहीवार ४१ जना खेलाड़ीहरूका चयन गरे। यी खेलाड़ीहरूमा सुनिल छेत्री र अनिरुद्ध थापाको साथमा युवा गोलकीपर फुर्बा लाचेन्पा टेम्पा र आशिष राई पनि सामेल छन्। शिविर १५ मईदेखि शुरु हुनेछ। टुर्नामेण्टमा फीफा ऱ्यांकिंगमा १०१औं स्थानमा रहने भारतको सामना लेबनान (९९), वानुआतु (१६४) र मंगोलिया (१८३)-सँग हुनेछ। यस टुर्नामेण्टपछि भारतीय टीमले बेंगलुरुमा जून-जुलाईमा साफ च्याम्पियनशीप खेल्नेछ।
शिविरमा सामेल खेलाड़ीहरूः
गोलकीपरः विशाल कैथ, गुरप्रीत सिंह सन्धू, फुर्बा लाचेन्पा टेम्पा, अमरिन्दर सिंह।

डिफेण्डरः शुभाशीष बोस, प्रितम कोटाल, आशिष राई, ग्लेन मार्टिन्स, सन्देश झिंगन, एन रोशन सिंह, अनवर अली, आकाश मिश्रा, चिंगलेनसाना कोन्शाम, मेहताब सिंह, राहुल भेके, नरेन्द्र।
मीडफिल्डरः लिस्टन कोलासो, आशिक कुरुनियन, सुरेश सिंह वांगजाम, रोहित कुमार, उदान्ता सिंह, अनिरुद्ध थापा, एन महेश सिंह, निखिल पुजारी, यासिर मोहम्मद, रित्विक दास, जेकसन सिंह, सहाल अब्दुल समद, राहुल केपी, लालेंगमाविया राल्टे, एल छांगटे, बिपिन सिंह, रोलिन बोर्जेस, विक्रम प्रताप सिंह, नन्द कुमार, जेरी एम।
फरवर्डः मनवीर सिंह, सुनिल छेत्री, शिवशक्ति नारायणन, रहीम अली, ईशान पण्डिता।