वासिङ्टन: अमेरिकी अन्तरिक्ष एजेन्सी नासा मङ्गल ग्रहमा जीवनको खोजीमा जुटेको छ। तर तस्वीर हेरेपछि मात्रै मानिसहरुले विभिन्न दाबी गरिरहेका छन्। स्वघोषित एलियन अनुसन्धानकर्ता स्कट वारिङले मङ्गल ग्रहको फोटोमा एउटा अनौठो कुरा पत्ता लगाएका छन्। मङ्गल ग्रहको भूमि अध्ययन गर्दा उनले ढुङ्गाहरू बीच एक अनौठो आकार देखे। उनले यसलाई हात्तीजस्तो प्राणीको रुपमा व्याख्या गरेका छन्। उनले आफ्नो वेबसाइटमा लेखेका छन्, ‘आज मैले मङ्गल ग्रहको फोटोमा निकै रोचक कुरा पत्ता लगाएको छु। यो एउटा सानो खोड भएको हात्ती जस्तो प्राणी हो। उ बसेर देब्रेतिर हेरिरहेको छ। यसको ठूलो अनुहार, बाक्लो ओठ, खुला मुख, गोलो नाक र दुईवटा आँखा छन्l’ निस्सन्देह यी मङ्गल ग्रहमा जीवनका संकेतहरू भएको उनले बताए।
स्कटले विगतमा तस्वीरहरूबाट विभिन्न चीजहरू हेर्ने बारेमा धेरै दाबी गरेका छन्। एक पटक उसले मङ्गल ग्रहमा बाँदर भएको दाबी गरेक थिए। स्कटले भनेका थिए, ‘जीवविज्ञानी र प्राणीशास्त्रीहरूको ध्यान त्यतातिर किन जाँदैनl’ स्कटले मङ्गल ग्रहमा एउटा सानो भालु, केकडा र सुतिरहेको मानव पनि रहेको दाबी गरेका छन्। नासाले मङ्गल ग्रहमा एउटा अनौठो कुरा पत्ता लगाएको बेला उनको दाबी आएको हो। नासाको पर्सेभेरेन्स रोभरले मङ्गल ग्रहको एउटा अचम्मको तस्वीर खिचेको छ। यो तस्वीरमा ढुंगामा धातु टाँसिएको छ। यो तस्वीर आएपछि कन्स्पिरेसी थियोरी दिने मानिसहरु यसमा निकै खुशी हुने विश्वास गरिएको थियो। तर नासाले ती व्यक्तिहरूलाई कुनै किसिमको कथा बनाउने मौका नै दिएन र त्यसमा स्पष्टीकरण दिएको थियो। यो उनीहरुको रोभरको कम्बल हो, जुन उनीहरुलाई अन्तरिक्षको चिसोबाट बचाउनका लागि जडान गरिएको नासाले जनाएको छ।