करातेमा स्वर्णसहित १५ वटा पदक जित्यो कालेबुङ जिल्लाको टीमले

IMG-20230503-WA0178.jpg

५ मईः कालेबुङ डिस्ट्रिक्ट कराते-डो एसोसिएशनका १५ जना खेलाड़ीहरूले हालै भएको २५औं वेष्ट बेंगल स्टेट कराते च्याम्पियनशीप २०२३-मा पदक जिते। यसमा एउटा स्वर्ण पदक पनि सामेल छ। कराते -डो एसोसिएशन अव् बेंगलको आयोजनमा गत २९ र ३० अप्रेलको दिन दुर्गापुरको सिधु कानु इण्डोर स्टेडियममा भएको च्याम्पियनशीपमा कालेबुङका आयुष्मान घलेले स्वर्ण पदक जिते। आर्मी पब्लिक स्कूलका छात्र आयुष्मानले ८ वर्षदेखि कम्ती उमेरमा (३० किलोग्रामभन्दा कम्ती) प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जिते। यसरी नै रजत पदक जित्नेहरूमा साहिल छेत्री, गौरव थापा, रिगजेन तामाङ, कृतन छेत्री, अभियान गुरुङ, स्पर्श राई र रिञ्छेन लामा सामेल छन्। यसरी रित्विक बहादुर छेत्री, कुशाल खवास, वांगदेन तामाङ, निश्चल राई, प्रिसिला प्रधान, लोपसाङ तामाङ र उपराज गुरुङले काँस्य पदक जिते। कालेबुङ डिस्ट्रिक्ट कराते टीमले शिहान सुशन थापाको मार्गदर्शनमा हिस्सा लिएको थियो। उनको साथमा तीनजना टीम कोच सेन्सी अबनेर विश्वकर्मा, भुपेन मिजार विश्वकर्मा र सेन्सी सुजन शर्मा रहेका थिए। यसरी टीम म्यानेजरको रूपमा प्रियंका थापा, रोजी राई र चन्दन गुरुङ रहेका थिए। सेन्सी रुपेश राई र सेन्सी सुजाता राईले रेफरी र जजको रूपमा च्याम्पियनशीपमा हिस्सा लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement