आपदा प्रबन्धनबारे उच्चस्तरीय बैठक

IMG-20230504-WA0315.jpg

गान्तोक: गान्तोक र सिङताम क्षेत्रलाई भूकम्पबाट उत्पन्न हुने फ्लड अनि भूकम्प प्रकोपबारे मोकड्रिलको तयारी गर्न जिल्ला आपदा प्रबन्धन प्राधिकरणले आज एक उच्चस्तरीय बैठक बोलायो। जिल्लापाल तुषार जी. निखारेको अध्यक्षतामा जिल्लापाल कार्यालयमा आयोजित बैठकमा थुप्रै विषयमाथि छलफल गरियो। बैठकमा गान्तोक जिल्ला पुलिस अधीक्षक तेन्जिङ लोडे लेप्चा, अतिरिक्त जिल्लापाल रोहन अगावाने, अतिरिक्त जिल्लापाल राधा प्रधान, गान्तोक एसडीएम राज्य सरकारका विभागीय नोडल अधिकारीहरू, सिक्किम पुलिस, सेना, अर्धसैनिक बल, विद्युत परियोजनाहरू, र सम्बन्धित निकायका प्रतिनिधिहरू उङ्गस्थित थिए। बैठकमा पूर्वतयारीको स्तर, विपद् प्रतिकार्य अवलम्बन सुनिश्र्चितता, थप मोकड्रिल तयारी र सम्बन्धित नोडल अधिकारी र सम्बन्धित अधिकारीहरूको भूमिका र जिम्मेवारीबारे विस्तृत छलङ्गल भएको थियो। अधिकारीहरूले घटनामा व्यवस्थित गर्न आवश्यक स्रोत र सहयोग प्राप्त गर्नेबारे पनि छलङ्गल गरेको थियो। बैठकको लक्ष्य प्राकृतिक प्रकोपको अवस्थामा स्पष्ट सञ्चार सुनिश्र्चित गर्नु थियो। साथै विपद्को समयमा सरकारी विभागहरूको काम र उनीहरूको कर्तव्यहरू, राहत शिविर स्थापना र पानी, बिजुली, खाद्यान्न र अन्य आपूर्तिहरूको व्यवस्था लगायतका बारेमा विस्तृत रूपमा छलङ्गल गरियो। विजयता खरेलले मोकड्रिलका लागि आवश्यक पर्ने विभिन्न पक्ष र प्रत्येक विभाग वा नोडल अधिकृतलाई तोकिएको भूमिकाबारे जानकारी गराए। उनले मोकड्रिलको लागि योजना गरिएका स्थानहरू र त्यस स्थानमा रेस्पोन्स टोलीले गरिने कार्यबारे जानकारी दिए। उपनिर्देशक सोनम वाङ्ग्याल लेप्चाले छलङ्गलमा मध्यस्थता गरे र मोकड्रिलको तयारीका विभिन्न पक्षहरूमा सुझाउ राखे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *