आईपीएल २०२३: काेलकत्ता नाइट राइडर्स ५ रनले विजयी

IMG-20230504-WA0305.jpg

४ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ४७औं म्याचमा काेलकत्ता नाइट राइडर्स (केकेआर)-ले सनराइजर्स हैदराबादलाई ५ रनले पराजित गऱ्यो। राजीव गान्धी इण्टरनेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा ९ विकेट गुमाएर १७१ रन बटुल्यो। शीर्ष क्रमको निराशाजनक प्रदर्शनबीच रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए। यसबाहेक कप्तान नितिश राणाले ४२, आन्द्रे रसेलले २४ र जेसन रोयले २० रनको योगदान दिए। सनराइजर्सका बलरहरूमा मार्को जानसेन र टी नटराजनले २-२ विकेट लिए। जवाफमा सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

कप्तान एडन मार्करमले सर्वाधिक ४१ रन बनाए। यसबाहेक हेनरिच क्लासेनले ३६, अब्दुल सामदले २१ र राहुल त्रिपाठीले २० रनको योगदान दिए। केकेआर-का बलरहरूमा वैभव अरोड़ा र शार्दुल ठाकुरले २-२ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *