गान्तोक: सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागद्वारा नाम्ची जिल्ला प्रशासनिक केन्द्रको सहयोगमा नशामुक्त भारत अभियान १३ मईको दिन हुने भएको छ।
कार्यक्रम भाइचुङ स्टेडियमदेखि चारधाम क्रसिङ, भन्ज्याङसम्म गरिने छ। स्टेडियमदेखि चारधाम र नाम्चीदेखि भन्ज्याङसम्मको सवारी आवागमन सो दिन बिहान ७ बजीदेखि ११ बजीसम्म रोकिनेछ। खेलकुद तथा युवा मामिला विभाग नाम्चीका पदाधिकारीसहित जिल्ला अधिकारीले सर्वसाधारणलाई सहयोगको लागि अपिल गरेका छन्।