गान्तोक: रम्फू नगर पञ्चायतद्वारा आज आयोजित एक कार्यक्रममा सङ्गाई मित्रहरुलाई सम्मान गरियो। सम्मान समारोहका प्रमुख अतिथि नगर पञ्चायत अध्यक्ष सञ्जीव कुमार खातीको उपस्थिति रहेको थियो। उपाध्यक्ष राधा प्रधान, पार्षदहरुसहित पदाधिकारी, कर्मचारी र सङ्गाइमित्रहरुको उपस्थिति रहेको थियो। उक्त अवसरमा सफाईमित्रहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो। नगर पञ्चायत क्षेत्रका सफाईमित्रहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम भएकोले उनीहरुको कार्यलाई सराहना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खातीले नगर पञ्ञ्चायतको कार्यको प्रशंसा गरे।