नेपालका पूर्व उप-प्रधानमन्त्री रायमाझी पक्राउ

cce998c0-27e4-4482-a95d-d45ce1809cb6

काठमाण्डौंः नेपालका पूर्व उप-प्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गतिविधिमा संलग्न भएको आरोपमा आज बिहिवार उनलाई पक्राउ गरिएको हो। नेपाल प्रहरीले रायमाझीलाई भैरहवाबाट पक्राउ गरिएको जानकारी दिएको छ। रायमाझी केपी शर्मा ओली नेतृत्वको सीपीएन यूएमएलका सचिव तथा सांसद पनि हुन्। उनी विगतमा माओवादीमा थिए। सीपीएन फुट्दा रायमाझीले पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर ओलीलाई साथ दिएका थिए। कुनै बेला प्रचण्डका विश्वासिला रायमाझीलाई प्रचण्ड नै प्रधानमन्त्री हुँदा पक्राउ गरिनुलाई अर्थपूर्ण मानिएको छ।

बुधवार नै पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी, गृहसचिव भइसकेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन्। मङ्गलवार नेपालका चर्चित सुरक्षाविज्ञ इन्द्रजीत राई यही प्रकरणमा पक्राउ परेका थिए। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव रहिसकेका केशव दुलालका अलावा अन्य चार व्यक्ति समेत पक्राउ परिसकेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा ४० करोडभन्दा बढी ठगी गरेकोमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *