लुम्बिनीमा चिनियाँ टोलीको गतिविधिले गतिरोध

Untitled-1-copy-34

काठमाण्डौंः बुद्ध जयन्ती पारेर लुम्बिनीमा विश्वभरका बुद्धमार्गीहरू पुग्दा चीनबाट पनि एउटा टोली आएको छ। चिनियाँ धार्मिक तथा सांस्कृतिक संस्थाका महासचिव हान सोङ नेतृत्वको ११ सदस्यीय टोली नेपाल आएर मायादेवी मन्दिर नजिकै तामझामको कार्यक्रम गर्न खोज्दा विवादमा परेको छ। विश्व सम्पदा क्षेत्रमा तामझामसहितको कार्यक्रममाथि प्रश्न उठेको हो।

लुम्बिनीलाई सम्पदा मात्र नभई शान्ति क्षेत्र मानिएकोमा ठूलो आवाजसहितको कार्यक्रम चिनियाँ टोलीले गर्न लागेपछि भीक्षुहरूबाट समेत विरोध आएको छ। लुम्बिनी विकास कोषमा यसबारे गुनासाहरू पुगिसकेको बुझिएको छ। यूनेस्कोले संरक्षित क्षेत्र घोषणा गरेको क्षेत्रमा विभिन्न देशहरूका संस्थाहरूले गर्ने गतिविधिबारे यसै पनि प्रश्न उठ्ने गरेको छ।

लुम्बिनीको गरिमाको बेवास्ता गर्दै मायादेवी मन्दिर नजिकै स्टेज नै लगाएर कार्यक्रम गर्दा बुद्ध जयन्तीमा विभिन्न शान्तिपूर्ण कार्यक्रमहरूमा असर पर्ने भन्दै चिनियाँ टोली लुम्बिनीमा पुग्दा विवादमा परेको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *