कुश्ती विवादमा ममताले भनिन्: लड़ाई जारी रहनेछ

IMG-20230504-WA0229.jpg

कोलकताः कुश्ती लड्ने महिलाहरूसित कथित रूपमा भाजपा सांसद बृजभूषण शरण सिंहद्वारा गरिएको शोषणलाई लिएर दिल्लीमा चलिरहेको विरोध प्रदर्शनको मुख्यमन्त्री ममता ब्यानर्जीले समर्थन गरेकी छन्। उनले लड़ाई जारी रहने बताएकी छन्। उनले ट्विटरमा लेखिन्, कुश्ती लड्ने महिलाहरू पूरा देशका छोरीहरू हुन्। कसरी कसैलाई साहस भयो ? उनले भनिन्, सम्मान हानि एकदमै सहन गरिनुहुँदैन। कुश्ती लड्नेहरूले आन्दोलन गरिरहेका छन्। हामी उनीहरूको साथमा छौं। कानून सबैको लागि एक हो। यो सत्यको लड़ाई हो, जुन सदैव जारी रहनेछ। जसले लड़ाई लड़िरहेका छन्, उनीहरूले नहिचकिचाई लड़िरहुन्। ती सबैलाई हाम्रो समर्थन छ।

उल्लेख्य, यस आन्दोलनको समर्थनमा बजरंग पुनिया र साक्षी मलिक पनि उत्रेका छन्। दुवैले आफ्नो पदक फर्काउने घोषणा गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *